गोरू काट्दै गरेको अवस्थामा नौ जना पक्राउ

मालिका गाउँपालिका–६ दुखु बेसीमा गोरू काट्दै गरेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही गाउँपालिका–६ दुखुबेसी बस्ने ५२ वर्षीय राम रोका लगायत छन् ।
उनीहरुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
चितुवाको आ`क्रमणबाट बालकको मृ`त्यु

अर्घाखाँचीमा चितुवाको आ`क्रमणबाट एक बालकको मृ`त्यु भएको छ ।
गुल्मी घर भई मावली घर सन्धिखर्क नगरपालिका–४ वाङला अमलडाँडामा बस्दै आएका ७ वर्षीय बालक सम्राट नेपालीको चितुवाको आ`क्रमणबाट मृ`त्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
स्थानीय भगवती आधारभुत विद्यालयमा कक्षा २ मा अध्यनरत नेपाली स्कुलबाट फर्किएर खाजा खाएर घरको आँगनमा खेलिरहँदा बिहीबार साँझ चितुवाले आ`क्रमण गरेर लगेको हो ।
आ`क्रमण गरेलगत्तै स्थानीय र प्र`हरीले खोजतलास गर्ने क्रममा घरबाट करिब एक किलोमिटर टाढा जंगलमा बालकको श`व फेला परेको प्र`हरीले जनाएको छ ।