साहित्यकार सदानन्द अभागीको जीवनमा आधारित समालोचना प्रकाशित


 




कावासोती । पूर्वी नवलपरासीको कावासोती घर भएको साहित्यकार सदानन्द अभागीको जीवनमा आधारित अनुसन्धानात्मक समालोचना प्रकाशित भएको छ ।

 

सदानन्दको जीवन, कर्म र व्यक्तित्व नाम दिइएको अनुसन्धनात्मक समालोचना पाल्पाका साहित्यकार एवम पत्रकार राम ज्ञवालीले प्रकाशन गरेका हुन् ।

 


समालोचना भित्र १ सय बढी साहित्यकारहरुले अभागीको बारेमा आफ्नो विचार लेख लेखेका छन् ।

३९२ पृष्ठ लामो समालोचनामा डा. झमकप्रसाद शर्मा, गोविन्द प्रसाद पाण्डे, डिआर पोख्रेल, रामकुमार श्रेष्ठ, विश्वप्रेम अधिकारी, देवीमाया सापकोटा, टीकाम ढुंगेल रटन, मोहनीलाल भुसाल, डा. मेघराज ढकाल, कृष्णाकुमारी शर्मा श्रेष्ठ, भेषराज रिजाल, प्रा. डा. नारायणप्रसाद खनाल, किसान गैरे लगायत पत्रकार तथा साहित्यकारहरुले अभागीको बारेमा आफ्नो विचार लेखेका छन् ।

 



सम्बन्धित
Loading...