भखरै दाङमा बस दुर्घटना, घटनाको विस्तृत विवरण आउन बाँकी, पढ्नुहोस थप समाचार


सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका-२ शारदा खोलामा दुर्घटनामा भएको छ ।



बाग्चौर नगरपालिका–९ पातिहाल्नाबाट दाङ जाँदै गरेको ना ३ ख ३८८४ नम्बरको बस बाग्चौर नगरपालिका–२ शारदा खोलानजिकै दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बस दुर्घटनामा परी घाइते हुनेमा बसमा सवार ९ जना र एक जना मोटरसाइकलमा सवार व्यक्ति पनि छन् ।

घाइतेमध्ये सात जना बाग्चौर नगरपालिकास्थित जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । ओरालोमा रोकेर चालक साइड हेर्न जाँदा बस आफै गुडेर भित्तामा ठोक्किएको प्रहरीले बताएको छ । बसले मोटरसाइकललाई समेत ठक्कर दिएको थियो ।




त्यस्तै, बर्दिया, दाङ, पर्सा र नवलपरासी (पूर्व)मा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । बर्दियाको गुलरिया नगरपालिका–११ डल्लापुरमा बा.१ ञ १९०३ नम्बरको गाडीको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–११ बस्ने संजय यादवको छोरा लवकुश यादव रहेका छन् । उनको बिहीबार घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठ क्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१० गुर्जेस्थित सडकमा रा.१ क ४७३ नम्बरको मिनी ट्रकले रा.५ प १५३ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–१८ बस्ने २४ वर्षीय भाग कुमार पुन रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका पुनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्साको पर्सागढी नगरपालिका–४ भेडिया खोलास्थित सडकमा ना.६ त १७५९ नम्बरको ट्रयाक्टर बिहीबार दिउँसो दुर्घटना एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार सोही ठाउँ बस्ने ११ वर्षीय सफराज देवान रहेका छन् ।

नवलपरासी बर्दघाट सुस्ता पुर्व हुप्सेकोट गाउँपालिका–६ जवडाँडामा गएराती जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २६ वर्षीय महेन्द्र ढेंगा मगर रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर स्थित सरकारी अस्पतालमा मृत्यु भएको हो । पैदल हिडिरहेका मगरलाई गएराती साढे १२ बजे लु १ ज २२७२ नम्बरको जिपले ठ क्कर दिएको प्रहरी चौकी हुप्सेकोटले जनाएको छ । nipolnews.com

 



सम्बन्धित
Loading...