सेन्चुरी कमर्शीयल बैंक चोरमारा शाखामा चोरीको प्रयास

नवलपुरको मध्यविन्दु नगरपालिका ७ चोरमारामा रहेको सेन्चुरी कमर्शीयल बैंकमा गए राति चोरीको प्रयास भएको छ ।
शुक्रबार राति साढ़े ११ बजेको समयमा एकजना व्यक्ति चोरी गर्ने उद्देश्यका साथ घरको छतबाट प्रवेश गरेको तम्सरिया प्रहरी चौकी चोरमाराले जनाएको छ ।
प्रहरीका अनुसार सुतिरहेका गार्डलाई रडले प्रहार गर्दा सुरक्षा गार्डलाई सामान्य मात्र चोट लागेको र पैसा राखेको ठाऊंमा छोएपछि साईरन बज्ना साथ चोर भागेको थियो।
चोरी गर्ने उद्देश्यका साथ आएको व्यक्तिले नगद तथा अन्य कुनै पनि सामान चोरी गर्न सफल भने नभएको बरिष्ठ प्रहरी नायव निरीक्षक मोहन थापाले बताउनुभयो ।
शरीरलाई कपडाले छोपेको अवस्थामा चोर भित्र पसेको र बैंकको सीसी टिभी फुटेज मार्फत चोरी गर्ने उद्देश्यका साथ भित्र पसेको व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
कबड्डी ४ काे किर्तिमान, पहिलाे दिनमै साढे ३ कराेडकाे व्यापार
काठमाडौँ — दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ ले नेपाली हलमा रातभर हंगामा मच्चाएको धेरै भएको छैन । ‘आरआरआर’ ले पनि नेपाली बक्स अफिसमा राम्रो कमाइ गर्यो ।
विदेशी मात्रै होइन, नेपाली फिल्मले पनि हाउसफुल दर्शक पाउँछन् भन्ने पछिल्लो उदाहरण बनेको छ, ‘कबड्डी ४’ । फिल्मका निर्देशक रामबाबु गुरुङ र वितरक गोविन्द शाहीको दाबी मान्ने हो भने फिल्मले पहिलो दिन सबैभन्दा ठूलो व्यापार गर्ने रेकर्ड बनाएको छ ।
नेपाली फिल्ममा यस्तो ओपनिङ मैले देखेकै थिएन,’ हिन्दी फिल्मका वितरक मनोज राठी भन्छन्, ‘एड्भान्स बुकिङमा जुन हिसाबको भीड थियो, म त अचम्म परें । मल्टिप्लेक्समा जति शो छ, त्यसमा शतप्रतिशत अकुपेन्सी छ ।’ यसलाई घरेलु फिल्मको शक्ति ठान्छन् उनी ।
‘विदेशी फिल्मले नेपाली चल्न दिएन भनेर रोइकराइ गर्छन् । हिन्दी डब ल्याउनु भएन भन्छन्,’ राठीले भने, ‘यस्तो फिल्मले विदेशी फिल्मलाई पाखा लगाइदिँदो रहेछ । राम्रो फिल्म बनायो भने हिन्दी फिल्म नै आउँदै नि ।’ कोभिडपछि प्रदर्शनमा आएका पुष्पा, केजीएफ र आरआरआरले कबड्डी जतिको व्यापार नगरेको उनले बताए ।
राठीले उपत्यकाबाहिरको वितरण हेरेका छन् । फिल्मले मोफसलबाट पहिलो दिन डेढ करोडको व्यापार गरेको उनको अनुमान छ । ‘कबड्डी ४’ का अर्का वितरक गोविन्द शाहीका अनुसार फिल्मले सबैभन्दा धेरै मल्टिप्लेक्स च्यानल रहेको क्यूएफएक्समा शुक्रबार १ सय ७ शो प्राप्त गर्यो ।
यसअघि १ सय ५ शो दिएकामा पछि बढाएर १ सय ७ पुर्याइएको हो । यो संख्या आइतबारसम्म बढ्ने देखिन्छ । फिल्मले पहिलो दिन नेपालभरबाट साढे तीन करोडको व्यापार गरेको आकलन गरिएको शाही बताउँछन् । उनका अनुसार आइतबारसम्म लगभग सबै टिकट ‘सोल्डआउट’ भइसकेका छन् ।
नेपालको फिल्म इतिहासमा यस्तो व्यापार यसअघि कुनै फिल्मले गरेकै थिएन । पहिलो दिन न हलिउडले गरेको छ न बलिउडले । कबड्डीले त यसपालि इतिहास रच्यो,’ शाहीले भने । फिल्मलाई बिग मुभिजले १७ र एफक्युबले पनि १७ शो दिएका छन् । कीर्तिपुर हलमा ६ वटा शो सबै हाउसफुल छन् ।
क्यूएफएक्सका कार्यकारी अधिकृत रोशन अडिगा विदेशी फिल्म एकसाथ प्रदर्शनमा नआउँदा कबड्डीले सर्वाधिक शो पाएको बताउँछन् । ‘अहिले त क्यूएफएक्सका हल पनि बढिरहेका छन्, त्यस अर्थमा शो बढ्ने नै भयो । केजीएफले ८० शो पाएकामा कबड्डीले ९० भन्दा बढी पाएको छ,’ उनले भने, ‘हुन त फिल्मको गुणस्तरअनुसार नै शो दिने हो । यो फिल्मचाहिँ अहिलेसम्मकै धेरै शो पाउने फिल्म बन्यो ।’
फिल्मको गुणस्तर र प्रचारप्रसारमा ध्यान दिए नेपाली फिल्म पनि चल्छ भन्ने सन्देश कबड्डीले दिएको वितरक शाही बताउँछन् । ‘राम्रो प्रचारप्रसार गर्यो भने नेपाली फिल्मले विदेशीलाई विस्थापित गर्छ भन्ने यो फिल्मले देखाइदिएको छ,’ उनले भने ।
कोभिडपछि फिल्म बजार डिजिटल प्लेटफर्ममा मौलाउन थालेको छ । यद्यपि नेपालमा यो प्लेटफर्म फिल्म प्रदर्शनको खासै विकल्प बन्न सकेन । हलमा बसेर फिल्म हेर्नुको स्वाद दर्शकले नबिर्सिदिएकै कारण यो सफलता हासिल गरेको बताउँछन्, फिल्मका निर्देशक रामबाबु गुरुङ ।
‘रेकर्ड तोडेको कुरा त्यति महत्त्वपूर्ण होइन । रेकर्ड त बन्दै जाने हो, तोडिँदै जाने हो,’ उनले भने, ‘खुसीको कुरा, दर्शकमा हलसम्म आएर फिल्म हेर्ने रहर मरेको छैन रहेछ ।’
फिल्ममा तीन करोडको लगानी गरिएको भनिएको छ । निर्देशक गुरुङका अनुसार रिलिजअगाडि नै फिल्मले डिजिटल राइट्स र ओभरसिज राइट्स (विदेश व्यापार) बाट लगानी उठाइसकेको छ । पहिलो सिरिज विदेशमा अत्यधिक प्रदर्शन भएकैले चौथो सिरिजले डायस्पोरामा राम्रो शो पाएको छ ।
युरोपभित्रका २० देशमा फिल्म पुगिसक्यो भने माल्टा, साइप्रस, इटाली, नर्वे, जर्मन, पोल्यान्ड, हल्यान्ड, स्विट्जरल्यान्डमा प्रदर्शनको घोषणा भइसकेको छ । न्युजिल्यान्ड, अस्ट्रेलियासँगै अमेरिकाका ६४ राज्यमा प्रदर्शन घोषणा भएको छ । यो संख्या पहिलाको तुलनामा अत्यधिक रूपमा बढेको गुरुङ बताउँछन् । भारतको सुष्मा प्रोडक्सनसँग पनि सम्झौता भइसकेको छ ।
कोभिडले नेपाली फिल्म क्षेत्र धराशायी बनेको चिन्ताका बीच कबड्डीले माहोल बनाइदिएको निर्देशक दीपेन्द्र के खनाल बताउँछन् । ‘यसरी दर्शकको भीड देख्दा फिल्मकर्मीको हिसाबले खुसी छु,’ उनले भने, ‘म त कोभिडबीच पनि आत्तिएको थिइनँ । अर्कै पेसा रोज्न थाल्नुपर्ने पो हो कि भन्ने समयमा म फिल्म बनाउनतिर लागें ।’
अक्षय कुमारको ‘सूर्यवंशी’ ले नेपालका हलमा दर्शक फर्काइदिएसँगै कोभिडपछि थुप्रै फिल्मले प्रदर्शनको जोखिम मोले । कतिले पोस्टर टाँसेको खर्चसमेत उठाएन । हरर जनरामा बनेको ‘कठपुतली’ ले भने लगानी उठाएर लगभग २ करोड कमाएको दाबी गर्छिन्, फिल्मकी पटकथाकार सम्पदा मल्ल ।
‘चर्चामा नरहेको कठपुतलीजस्तो फिल्मलाई दर्शकबीच पुर्याउन अलि गाह्रो पर्दो रहेछ । नेपाली फिल्मले व्यापार गर्दैन भन्ने सुनिन्छ, तर त्यस्तो होइन,’ उनले भनिन्, ‘हामीले जोखिम मोलेर कोभिडपछि प्रदर्शन गर्यौं । फिल्म राम्रो बन्यो भने शो पाइने रहेछ भन्ने अनुभव गरें ।’
केही समयअघि मात्रै प्रदर्शनमा आएको ‘म यस्तो गीत गाउँछु’ ले साढे ५ करोड ग्रस कलेक्सन गरेको वितरक करण श्रेष्ठले बताए । ‘ए मेरो हजुर ४’ को निर्माण टिमलाई पत्याउने हो भने फिल्मले राम्रै व्यापार गरेको थियो ।
प्रदीप खड्का अभिनीत ‘प्रकाश’, दीपेन्द्र के खनालको ‘चिसो मान्छे’, अनुप बरालको ‘दोख’, ऋचा शर्मा अभिनीत ‘कौशिद’, सुरेन्द्र पौडेलको ‘बाबरी’, ‘प्रेमगीत–३’ जस्ता फिल्म व्यावसायिक हिसाबले आस गरिएका फिल्म हुन् ।