खेल्दा खेल्दै एक साथीले गरे अर्का साथीको मुटुमै च`क्कु प्र`हार गरी ह`त्या, दुई दिनसम्म घ`टना गुपचुप

फुलटेक्रामा सञ्चालनमा रहेको मदरसा फैजाने मदिनामा अध्ययन गर्दै आएका दुई विद्यार्थी आपसमा खेल्दाखेल्दै च`क्कु रोपिएर एकको ज्यान गएको छ ।
जिल्ला प्र`हरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेका अनुसार मदरसामा अध्ययनरत कास्की रुपाकोट–६ का १६ वर्षीय जामुदिन मियाँको ज्यान गएको हो ।
गत १२ जेठ साँझ ५ बजे भएको उक्त घ`टनामा मृ`तक मियाँ र सिराह मिर्चैयाका १२ वर्षीय मोहम्मद आंशिक आपसमा खेल्दै गर्दा आशिकले समातेको च`क्कु मियाँको देब्रे छातीमा (मुटुमै) रोपिन गई ग`म्भीर घा`इते भएका थिए ।
खेल्दै गरेका विद्यार्थीका हातमा च`क्कु कसरी पुग्यो वा पहिला नै योजनाबद्ध घ`टना भएको हो प्रहरीले खुलाएको छैन । मदरसाले पनि घ`टनाको बारे जानकारी गराएको छैन ।
घा`इते अवस्थामा उपचारको लागि भारतको लखनउ पुराइएको मियाँको १३ जेठ राति १० बजे उपचारको क्रममा मृ`त्यु भएको बताइएको छ । प्रहरी नायब उपरीक्षक न्यौपानेले भने, ‘उपचारको क्रममा मियाँको १३ जेठ राति १० बजे नै मृ`त्यु भएको रहेछ । प्रहरीलाई १४ जेठा बिहान मात्र जानकारी भयो।’
उनले घ`टनामा संलग्न आंशिक प्रहरी नियन्त्रणमा रहेको र मृ`तकको श`व लखनउबाट नेपालगञ्ज ल्याएको र भेरी अस्पतालमा पो`ष्टमार्टमको लागि राखिएको बताए । उनले भने, ‘मृ`तकको परिवार र आफन्त नेपालगञ्ज पुगिसक्नु भएको छ ।
पो`ष्टमार्टम गरेर श`व आफन्तको जिम्मा लगाउने र आफन्तबाट किटानी जाहेरी लिएर प्रहरी अनुसन्धान अघि बढाइने छ ।’