८ महिनामा श्रम स्वीकृति लिने साढे ५६ लाख नाघ्यो (कुन देशमा कति ? )

फागुनसम्म वैदेशिक रोजगारीमा जान नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५६ लाख ६५ हजार २ सय २६ पुगेको छ ।
आर्थिक सर्वेक्षण २०७८/७९ का अनुसार यसमध्ये पुरुषको सङ्ख्या ५३ लाख ४८ हजार ८ सय १४ रहेको छ भने महिलाको सङ्ख्या ३ लाख १६ हजार ४ सय १२ रहेको छ।
आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म थप ४ लाख १२ हजार ७ सय ८७ जनाले वैदेशिक रोजगारीमा जान नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन्।
खाद्यान्न उत्पादन र उत्पादकत्व दुवै घट्यो
चालु आर्थिक वर्षमा नेपालमा खाद्यान्न उत्पादन र उत्पादकत्व दुवै घटेको छ ।
अर्थमन्त्री जर्नादन शर्माले संसदमा पेश गरेको मुलुकको आर्थिक सर्वेक्षण अनुसार २०७८/०७९ अनुसार ३.१ प्रतिशतले खाद्यान्न बालीको उत्पादन घट्ने अनुमान गरिएको छ । त्यस्तै ती वस्तुको उत्पादकत्व पनि ३.७ प्रतिशतले संकुचन आउने सरकारी प्रक्षपेण छ ।
धानबाली उत्पादनमा आएको ८.७ प्रतिशत गिरावटको असर समग्र उत्पादनमा देखिएको छ । यद्यपि नगदे बालीहरु मह, मसला, फलफूल, तरकारी र दलहनको उत्पादन भने वृद्धि हुने सरकारी अनुमान छ ।