नवलपुर दुर्घटनामा ग’म्भीर घाइ’ते

नवलपुर । पूर्वी नवलपरासीमा गएराति दुई वटा मोटरसाइकल एक आपसमा जुध्दा एक जना ग’म्भीर घा’इते भएका छन् ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार देवचुली नगरपालिका ३ केउरानी चोकमा दुई वटा मोटरसाइकल ठक्कर खाँदा देवचुली ११ निवासी ३४ बर्षीय रोशन डुम्रे ग’म्भीर घाइते भएका हुन । उनको अवस्था अचेत रहेको बताइएको छ ।
लु ३८ प २९१७ र ना २१ प ९३५ नम्बरको मोटरसाइकल ठक्कर खाँदा ना २१ प ९३५ नम्बरको मोटरसाइकल चालक घा’इते भएका हुन् ।
उनको पुरानो मेडिकल कलेज भरतपुर उपचार भईरहेको प्रहरीले जनाएको छ । दुवै वटै मोटरसाइकल र अर्का मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेको छ ।
पाठ्यपुस्तक अभाव हुँदा पठनपाठन प्रभावित
नयाँ शैक्षिकसत्र सुरुको तीन साता बितिसक्दा पनि म्याग्दीका सामुदायिक तथा संस्थागत विद्यालयका पाठ्यपुस्तक अभाव भएको छ । यसबाट पठनपाठन प्रभावित हुन थालेको छ भने विद्यार्थी विद्यालय जान मानेका छैनन् भने शिक्षकहरु फुर्सदिला बनेका छन् । गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि विद्यार्थीले अझैसम्म पनि पाठ्यपुस्तक पाउनसकेका छैनन् । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा परेका हुन् ।
जिल्लाका दुर्गम भेगका विद्यालयमा मात्रै होइन सरदमुकाम बेनी बजारकै प्रकाश माध्यमिक विद्यालय, बालमन्दिर आधारभूत विद्यालय लगायतका विद्यालमा पनि पाठ्यपुस्तकको अभाव भएको छ । किताब नपाउँदा अध्ययनमा समस्या भएको प्रकाश माविका विद्यार्थी रेशम घिमिरेले बताए । अहिले नयाँ किताब नआउँदा पुराना किताब साथीहरुसँग मिलेर पढ्नुपर्ने अवस्था आएको सरस्वती आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत प्रभात किसानले जानकारी दिए ।
जिल्ला सदरमुकामै पढ्ने विद्यार्थीले त पाठ्यपुस्त अहिलेसम्म पाएका छैनन् भने दुर्गमका विद्यार्थीले पाउनसक्ने अवस्था तत्कालै देखिदैन । विद्यार्थीले पाठ्यपुस्त पाउन नसक्दा दुःखद् भएको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक क्षेमबहादुर पुनले बताए । उनले जिल्ला सदरमुकामकै विद्यालयमा अहिलेसम्म पाठ्यपुस्तक आइनसकेको जनाउँदै दुर्गमका गाउँमा झनै पुग्न नसक्ने प्रतिक्रिया दिए । नयाँ पुस्तक नपाउँदा विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन समस्या भएको अर्जुन माध्यमिक विद्यालय भकुण्डेका शिक्षक रघुनाथ शर्माले बताए । पाठ्यक्रम फेरिएको सामुदायिक विद्यालयको कक्षा ४ र ७ का विद्यार्थीसँग पुस्तक छैन । पाठ्यक्रम यथावत भएका अन्य कक्षाका विद्यार्थीले पुराना पुस्तक पढ्ने गरेका छन् । कक्षा ४ र ७ को पाठ्यक्रम यस वर्षदेखि परिवर्तन भएको छ । पाठ्यक्रम नफेरिएका कक्षाका विद्यार्थीलाई पुराना पुस्तक उपलब्ध गराइएको छ । उपल्लो कक्षामा गएका विद्यार्थीलाई यसअघि उनीहरूले प्रयोग गरेको पुस्तक फिर्ता मागेर उपलब्ध गराएका हुन् ।
