अपडेटः ताराको सम्पर्कविहीन जहाज खोज्न हेलिकोप्टर पठाइयो
![]()
पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको छ । विमान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको थियो ।
तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएर धौलागिरित मोडिएपछि सम्पर्क बिहिन भएको बताइएको छ । बिमानको खोजीका लागी सुरक्षाकर्मीलाई स्ट्याण्डबाई राखिएको छ । विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए
सम्पर्कविहीन भएको ताराको टि्वनअटर खोज्न जोमसोमबाट हेलिकोप्टर परिचालन गरिएको छ । जोमसोमबाट टुकुचे र धौलागिरी क्षेत्रमा खोजीका लागि फिस्टेल एयरको हेलिकोप्टर पठाइएको पोखरा नागरिक उड्डययन कार्यालयका प्रमुख देवराज सुवेदीले बताए ।
कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको जहाज भएको छ । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज ११ बजिसक्दा पनि सम्पर्कमा आएको छैन ।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए । उक्त जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक थिए ।
पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जहाज टावरको सम्पर्क बाहिर भएको पुष्टि गरे ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार एकपटक जोमसोम आकाशमा उडेको देखिएको जहाज धौलागिरि हिमालतर्फ फर्किएको र त्यसपछि सम्पर्कमा आएको छैन ।
