खराब मौसमका कारण हराइरहेको तारा एयरको जहाज खोज्‍न कठिन, हेलिकोप्टर जोमसोम नै फर्कियो


पोखरा : सम्पर्कबिहीन भएको तारा एयरको जहाज खोज्न जोमसोमबाट गएको फिस्टेल एयरको हेलिकोप्टर खराब मौसमका कारण फर्किएको छ।



तारा एयरको जहाज लेतेबाट धौलागिरी हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्कबिहीन भएको गृहमन्त्रालयले जनाएको छ।

सम्पर्कबिहीन जहाज खोज्न फिस्टेल एयरको हेलिकोप्टर जोमसोमबाट त्यस क्षेत्र पुगेको थियो । तर, खराब मौसमका कारण हेलिकोप्टर जोमसोम फर्किएको छ।
जहाज आइतबार बिहान ९.५५ बजे पोखराबाट जोमसोम उडेको थियो ।




गृहमन्त्री बालकृष्ण खाणले जहाज खोजी कार्य तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

सम्पर्कबिहीन जहाजमा चालकदलका ३ सदस्य, १३ नेपाली, ४ भारतीय र दुई जर्मन नागरिक गरी २२ जना सवार थिए।

 



सम्बन्धित
Loading...