सम्पर्कविहीन जहाज मुस्ताङको टिटी भन्ने स्थानमा दुर्घटनाग्रस्त


काठमाडौं । सम्पर्कविहीन भएको तारा एयरको (९ एन एइटी कल साइन)को टुइनअटर जहाज मुस्ताङको खासा जनिकै टीटी भन्ने स्थानमा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ ।



वायुसेवा संचालक संघका प्रवक्ता योगराज शर्मा कंडेका अनुासर उक्त जहाज १२ बजे भेटिएको हो । पोखराबाट जोमसोमाका लागि उडेको तारा एयरको जहाज बिहान १० बजेर १५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको थियो ।

उक्त जहाजमा चालक दलाका सदस्यहरुसहित २२ जना सवार रहेका थिए । अहिले दुर्घटनास्थलामा हेलिकप्टर परिचालन गरिएको छ ।

 



सम्बन्धित
Loading...