टिपर दुर्घटनामा चार जनाको घ’टनास्थलमै मृ’त्यु




लमजुङको मध्यनेपालमा ट्रिपर दुर्घट’ना हुँदा चार जनाको ज्या’न गएको छ । मध्यनेपाल नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना पर्ने कोइलेनी भन्नेस्थानमा बा ४ ख ७७८१ नम्बरको ट्रिपर दुर्घ’टना भएको हो ।

 

मध्यपहाडी लोकमार्गअन्तर्गत भोर्लेटार सडक खण्डमा काम गर्दै आएको काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिको ट्रिपर दुर्घट’ना भएको हो ।

 




सडक आयोजनाका लागि ढुंगा ढुवानी गर्ने क्रममा ट्रिपर सडकबाट करिब ३० मिटर तल खसेको हो । दुर्घटनामा परि ट्रिपर चालकसहित चार जनाको घट’नास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृ’त्यु हुनेमा सोही ट्रिपरका चालक अन्दाजी २७ वर्षीय आकाश घिमिरेसहित सो आयोजनाका सुपरभाइजर र सहयोगी रहेका छन् ।

त्यसैगरी अन्य मृत’क मध्ये सोही आयोजनाका सुपरभाइजर अन्दाजी ४५ वर्षीय उत्तम न्यौपाने रहेका छन् । अन्य दुई जना अन्दाजी २८ वर्षीय पारस शाह र अन्दाजी २५ वर्षीय रवीन्द्र सेढाई रहेका छन् । उनीहरूको नाम खुले पनि ठेगाना भने यकिन नभएको प्रहरीले जनाएको छ

 



सम्बन्धित
Loading...