हराएको विमान जोमसोम विमानस्थलबाट ६ किलोमिटर वर देखायो स्याटेलाइटले ६ ओटा हेलिकप्टर ले खोजी गर्दै


सोमबार खोजीका लागि ५ वटा हेलिकप्टर परिचालन गरिने
काठमाडौँ — जोमसोमका लागि आइतबार बिहान १९ यात्रु बोकेर पोखराबाट उडेपछि सम्पर्कविहीन भएको तारा एयरको टुइनअटर विमान जोमसोम विमानस्थल भन्दा ६ किलोमिटर वर दुर्घटनमा परेको आंlशका गरिएको छ ।



नागरिक उड्डयन प्राधिकरणद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो घटनाका लागि स्थापना गरिएको खोज तथा उद्धार समन्वय केन्द्रलाई आइतबार साँझ साढे ६ बजे प्राप्त स्याटेलाइट इमेजले ताराको जहाज जोमसोम विमानस्थल भन्दा ६ किलोमिटर वर ठोक्किएको देखाएको एक उच्च अधिकारीले बताए ।

‘हामीलाई बेलुका अबेर प्राप्त भएको स्याटेलाइट इमेजले जोमसोम विमानस्थल भन्दा ६ किलोमिटर वरको लोकेसनमा जहाज ठोक्किएको इमेज पठाएको छ,’ ती उच्च अधिकारीले भने, ‘सोमबार जहाज खोजीका लागि जोमसोम र पोखराबाट हेलिकप्टर पठाउँदै छौं ।’




नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जोमसोममा नेपाली सेनाको एमआई–१७ र फिसटेलको हेलिकप्टर तथा पोखरामा रहेको एयर डाइनेस्टीको एक र कैलास एयरका दुई हेलिकप्टर सोमबार बिहान परिचालन गरिने बताए ।

आज कुनै पनि निजी हेलिकप्टरले व्यवसायिक उडान गर्ने छैनन् । पहिले खोजी कार्य जारी हुने छ । अनि मात्रै व्यवसायीक उडान गर्न दिने निर्णय गरिएको छ,’ अधिकारीले भने ।

उनका अनुसार काठमाडौं विमानस्थलमा रहेको मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि सोमबारसम्म मौसम खराब हुने भएकाले सतर्कता अपनाउन सबै वायुसेवा कम्पनीलाई सूचना पठाइएको भन्दै अबका दिन महाशाखाको मौसम सम्बन्धी जारी गर्ने बुलेटिनलाई कडाईकासाथ पालना गराइने भएको छ।

 



सम्बन्धित
Loading...