७ वर्षीया बालिका ब`लात्कार गरेको आ`रोपमा एक प`क्राउ

अर्घाखाँचीमा ७ वर्षीया बालिका ब`लात्कार गरेको आ`रोपमा एक पुरुष पक्राउ परेका छन् ।
जिल्लाको मालारानी गाउँपालिका–७ बस्ने ३५ वर्षीय कमल महतलाई प्रहरीले पक्राउ गरेको हो ।
सम्बन्धित समाचारहरु
शुक्रबार दिउँसो ७ बर्षीया बालिकालाई ब`लात्कार गररेको सूचना प्राप्त भएपछि उनलाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख डिएसपी अम्मर थापा क्षेत्रीले जानकारी दिए ।
‘कबड्डी ४’की एक नायिका दु`र्व्यवहार भएको भन्दै प्र`हरीकहाँ पुगिन्, एक जना पक्राउ
हाल प्रदर्शन भइरहेको फिल्म ‘कबड्डी ४’की एक नायिकाले आफूमाथि दु`र्व्यवहार भएको बताएकी छन् ।
काठमाडौंको सिभिल मलमा आइतबार साँझ एक युवकले पछाडिबाट अस्वाभाविक रुपमा छोएको भन्दै उनले प्र`हरी वृत्त, जनसेवामा अभद्र व्यवहारको कसूरमा जाहेरी दिएकी छन् ।
उनको जाहेरीको आधारमा प्रहरीले मुगु घर भएका फुर्वा लामालाई पक्राउ गरेर हिरासतमा राखेको छ । एक प्र`हरी अधिकृतले भने, ‘सोमबार उनीमाथि अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट म्याद लिने तयारी छ ।’
प्रत्यक्षदर्शीहरुले नायिकाले ती युवकलाई झापड हानेको पनि बताएका छन् । ‘पछाडिबाट अस्वाभाविक रुपमा उनले पटकपटक छाएको उहाँको भनाइ छ,’ प्रहरी स्रोत भन्छ, ‘के भएको हो भन्ने थप अनुसन्धान गरिरहेका छौं ।’
पक्राउ परेका व्यक्तिले चाहिं ‘भीडमा भुलबस छोइएको’ दाबी गरेका छन् ।