विमान दुर्घटनाका शव काठमाडौँ लैजाने तयारी, पहिचान गर्न डिएनए परिक्षण गरिने


 



मुस्ताङको मानापाथी हिमालमा दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको शवलाई सोझै काठमाडौँ लैजाने तयारी गरिएको छ ।

 

घटनास्थलबाट हालसम्म १४ जनाको शव फेला परेको जनाइएको छ ।

 




जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाका हालसम्म संकलन गरिएका शवहरु काठमाडौँ लैजाने तयारी गरिएको छ ।

 

उक्त दुर्घटनामा अधिकांश शव पहिचान गर्नै नसकिने अवस्थामा रहेका कारण डिएनए परीक्षण गरी पहिचान गर्न पर्ने हुनाले पनि सबै शव काठमाडौं नै लैजाने तयारी गरिएको हो ।

 

मृतकका आफन्तले पनि पहिचान गर्न कठिनाइ भएमा शवको डिएनए परिक्षण गरिने उनले जानकारी दिए ।

 

यद्यपी हालसम्म घटनास्थलबाट १४ वटा शव संकलन भएका छन् ।  अन्यको खोजीकार्य जारी रहेको उनले जानकारी दिए ।

 



सम्बन्धित
Loading...