आकाशमा उड्ने सपना.. आकाशमै विलिन : होस्ट्रेस किस्मी थापा


आइतबार विहानदेखि हराएको जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ । मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन । स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घटनास्थलमा पुगेको छ ।



उनका अनुसार जहाज क्ष तविक्षत अवस्थामा छ भने श वहरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने अवस्थामा छैनन् ।

कसैको केही छैन, कसैको टाउको नै छैन,’ उनले न्युज कारखानासँग भने, ‘यहाँको अवस्था भ” यावह छ । म हेरेर बसिरहेको छु ।’




उनी राती नै त्यसतर्फ गएका हुन् । जहाजमा २२ जना सवार थिए । कसैको पनि पहिचान खुल्ने अवस्था नरहेको उनले जानकारी दिए ।

नेपालमा भएयो यो पहिलो जहाज दुर्घटना भने होइन । यसअघि पनि थुप्रै पटक नेपालमा जहाज तथा हेलिकप्टर दुर्घटना भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा पछिल्लो ७६ वर्षमा ५२ वटाभन्दा बढी जहाज तथा हेलिकप्टर दुर्घटनामा परेका छन् ।

यस्ता दुर्घटनामा थुप्रैको ज्यान गएको छ । उक्त अवधिमा नेपालमा भएका जहाज तथा हेलिकप्टर दुर्घटनामा ८५० जनाभन्दा बढीको मृत्यु भएको छ ।

नेपालमा पहिलो पटक सन् १९४६ मे ७ का दिन जहाज दुर्घटना भएको थियो । रोयल फोर्स एयरको जहाज दुर्घटना हुँदा मानविय क्षति भने भएको थिएन ।

नेपालमा जहाज दुर्घटना हुँदा पहिलो पटक मानविय क्षति सन् १९५५ मा भएको थियो । कालिंगा एयरको जहाज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।

यस्तै काठमाडौंमा इण्डियन एयरलाइन्सको जहाज सन् १९५६ मा दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका थिए । इण्डियन एयरलाइन्सको जहाज सन् १९५७ मा पनि नेपालमा दुर्घटनामा परेको थियो । टीकारभैरवमा इण्डिन एयरलाइन्सको जहाज दुर्घटना हुँदा २० जनाको ज्यान गएको थियो । यसको एक वर्ष नबित्दै सन् १९५८ मा इण्डियन एयरलाइन्सको अर्को जहाज नेपालमा दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो ।

नेपाल एयरलाइनसको जहाज सन् १९६० मा दुर्घटनामा परेको थियो । भैरहवामा दुर्घटना हुँदा चार जना यात्रुको मृत्यु भएको थियो । नेपाल एयरलाइन्सको अर्को जहाज सन् १९६२ मा ढोरपाटनमा दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका थिए । सोही वर्ष नेपाल एयरलाइन्सको अर्को जहाज ढोरपाटनमै दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।

नेपाल एयरलाइन्सको अर्को जहाज सन् १९६९ मा दुर्घटनामा परेको थियो । सो जहाज दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको थियो । यसको एक वर्षपछि सन् १९७० मा दिल्लीमा नेपाल एयरलाइन्सको जहाज दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो ।

सन् १९७० मा नै रोयल लाइटको जहाज जोमसोममा दुर्घटना भएको थियो । दुर्घटनामा एक जनाको मृत्यु भएको थियो । यसको दुई वर्षपछि रोयल लाइट धुलिखेलमा दुर्घटना भएको थियो । दुर्घटना हुँदा ३१ जनाले ज्यान गुमाएका थिए ।

नेपाल एयरलाइनसको जहाज सन् १९७५ मा काठमाडौंमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो भने सन् १९७६ मेघौलीमा दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए । सन् १९७९ मा लाङ्टाङ्मा जहाज दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।

थाई एयरको जहाज सन् १९९२ मा नेपालमा दुर्घटनामा परेको थियो । रसुवामा भएको उक्त दुर्घटनामा ११३ जनाको मृत्यु भएको थियो । पाकिस्तान एयरलाइन्सको जहाज सन् १९९२ मा ललितपुरको भट्टेडाँडामा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा १६७ जनाको मृत्यु भएको थियो ।

एभरेष्ट एयरको जहाज सन् १९९२ मा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । नेपाल एयरलाइन्सको जहाज सन् १९९५ मा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।

कर्णाली एयरको जहाज सन् १९९७ मा दुर्घटनामा परेको थियो । दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । लिबानी जहाज सन् १९९८ मा नेपालमा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । एसियन एयरको जहाज सन् १९९८ मा दुर्घटनामा परेको थियो । सोलुखुम्बुमा भएको उक्त दुर्घटनामा तीन जनाले ज्यान गुमाएका थिए । सोही वर्ष नेपाल एयरलाइन्सको जहाज सोलुमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो ।

नेकोन एयरको जहाजा सन् १९९९ मा जुम्लामा दुर्घटनामा परेको थियो । दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका थिए । सोही वर्ष मकवानपुरमा स्काइलाइनको विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो ।

 



सम्बन्धित
Loading...