सवारी लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द, अब के गर्ने ?




यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ ।

 

नयाँ अनलाइन प्रणाली सुरु गर्न भन्दै विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको हो ।विभागका अनुसार अब लगइन गरी नयाँ आवेदन भर्नुपर्नेछ ।

 




नयाँ लाइसेन्सका लागि सोमबार साँझ ६ बजेदेखि आवेदन खुला हुनेछ भने वर्ग थपका लागि अर्को साताको सोबारबाट आवेदन खुला हुनेछ ।

 



सम्बन्धित
Loading...