दुखद खबर : ग्यास, पेट्रोल डिसेल सबैको लागत मूल्य फेरि महँगियो


वैशाख पहिलो साता केही घटेको इन्धनको खरिद लागत मूल्य तेस्रो सातामा पुनः महँगो भएको नेपाल आयल निगमले जनाएको छ ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****



भारतीय आयल निगम (आईओसी)बाट ३ वैशाखमा प्राप्त मूल्य सूचीको तुलनामा १८ वैशाखमा प्राप्त नयाँ मूल्य सूचीले निगमलाई थप एक अर्ब ४५ करोड रुपैयाँ नोक्सान हुने देखिएको निगमका सह प्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।

‘१ वैशाखको मूल्यले ३ अर्ब ७४ करोड रुपैयाँ घाटा हुने स्थिति थियो तर आजको मूल्य अनुसार १५ दिनको घाटा ५ अर्ब १९ करोड पुग्ने भयो’ निगमका सहप्रवक्ता कार्कीले भने ।




आइतबार प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरमा ५ रुपैयाँ र डिजेल लिटरमा १० रुपैयाँले महँगो भएको कार्कीले बताए । यस्तै मट्टितेल लिटरमा ४ रुपैयाँले महँगो भएको छ भने खाना पकाउने ग्याँस सिलिण्डरमा ९९ रुपैयाँले थप महँगो भएको कार्कीको भनाइ छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको लागत १८३ रुपैयाँ २ पैसा, डिजेलको १८३ रुपैयाँ १३ पैसा मट्टितेलको १४० रुपैयाँ १९ पैसा र खाना पकाउने ग्याँसको मूल्य २६ सय ५० रुपैयाँ १८ पैसा रहेको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २३ रुपैयाँ २ पैसा, डिजेलमा ४० रुपैयाँ १३ पैसा, मटितेलमा २ रुपैयाँ ८१ पैसा र खाना पकाउने ग्याँसमा एक हजार ५० रुपैयाँ १८ पैसा नोक्सान रहेको निगमको दाबी छ । निगमलाई हवाई इन्धन आन्तरिकतर्फ १२ रुपैयाँ ६४ पैसा र बाह्यतर्फ ६४ रुपैयाँ ६९ पैसा नाफा रहेको छ ।

स्थानीय तह निर्वाचनको मुखैमा रहेका कारण निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्न सकेको छैन । प्रतिलिटर दुई रुपैयाँसम्म आफैं निर्णय गर्न सक्ने अधिकार भए पनि निगम नेतृत्वले निर्णय लिन नसक्दा निगमको वित्तीय अवस्था संकटतर्फ धकेलिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 



सम्बन्धित
Loading...