नारायणी नदीमा पुरुषको शव फेला

नवलपुर । पूर्वी नवलपरासीमा एक जना पुरुषको शव फेला परेको छ ।
नवलपुर प्रहरीका अनुसार पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका ११ भेडाबारी स्थित नारायणी नदिको पारी पट्टी किनारमा एक जना पुरुषको शव फेला परेको हो ।
अन्दाजी ३५ बर्षीया पुरुषको शव शरिरको आधी भाग पानीमा डुबी उत्तानो अवस्थामा फेला परेको हो ।
मृतकको शव भरतपुर सरकारी अस्पतालमा रहेको र उनको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।