कावासोतीका जोशीलाई न्युजिल्याण्ड पठाइने प्रलोभनमा ठगी गर्ने व्यक्ति पक्राउ

न्युजिल्याण्ड पठाइदिने प्रलोभनमा दुई जना व्यक्तिबाट ३० लाख ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौँको नागार्जुन नगरपालिका वडा नं–९ स्युचाटार निवासी ४५ वर्षीय विकास भट्टराई खत्री रहेका छन् ।
निज खत्रीले नवलपुर कावासोती नगरपालिका वडा नं–८ स्थायी घर भई भक्तपुर ठिमी नगरपालिका वडा नं ४ बस्ने वर्ष २८ को विकास जोशी र जिल्ला तनहुँ रिसिङ गाउँपालिका वडा नं ५ स्थायी घर भई हाल भक्तपुर ठिमी नगरपालिका वडा नं ४ बस्ने वर्ष २७ को अमृत चन्दलाई वर्किङ भिसामा न्युजिल्याण्ड पठाइदिने र न्युजिल्याण्ड पुगेपछि कृषि फर्ममा काम लगाइदिने प्रलोभन देखाएर प्रतिव्यक्ति १५ लाख रुपैयाँ ठगी गरी फरार रहेका थिए ।
मासिक २ लाख ५० हजार रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज २ जनाबाट ३० लाख ठगी गरी सम्पर्कविहीन भएको वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि मंगलबार निज फरार खत्रीलाई नागार्जुन नगरपालिका वडा नं–९ स्युचाटारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।