कावासोतीमा लागुऔषध सहित २ जना पक्राउ


 



कावासोती । पूर्वी नवलपरासीमा लागुऔषध सहित दुई जनालाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको ।

 

कावासोती नगरपालिका १६ डण्डामा पश्चिमदेखि पूर्वतर्फ आउदैँ गरेको बा.प्र.०३–०४ प ८९०७ नं.को मोटरसाइकलमा सवार दुई जनालाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।




नवलपुरको गैडाकोट नगरपालिका –८ बस्ने वर्ष २९ को अशोक लामा र पछाडी सवार वर्ष २३ को रुपेश गुरुङलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट फेनरागन–३८, डाईजोपाम–३८ र नोफिन–३८ एम्पुल गरी जम्मा ११४ एम्पुल लागुऔषध बरामद गरी कानुन वमोजिम अनुसन्धान भईरहेको जनाएको छ ।



सम्बन्धित
Loading...