नवलपरासीमा करीब ७ लाख रूपैया बराबरको अबैध युरिया मल पक्राऊ 




पप्पु रेग्मी, बर्दघाट,।


पश्चिम नवलपरासी जिल्लाको रामग्राम नगरपालिका वडा नं. १३ पाडाटिकरमा अबैध युरिया मल सशस्त्र प्रहरीले मङ्गलवार नियन्त्रणमा लिएको जनाएको छ ।
रामग्राम नगरपालिका वडा नं. १३ पाडाटिकर नवलपरासी स्थित लु २ च १०३२ नम्बरको पिक अपमा गाडीमा लोड गरी राखेको अवस्थामा रहेको देखे पछि चेकजाँचको क्रममा बिल बिजक नरहेको भेटे पछि सो पिकअप गाडीमा रहेको ३२ बोरा युरिया मल सशस्त्र प्रहरी र नेपाल प्रहरी सहितको संयुक्त गस्ती टोलीले  नियन्त्रणमा लिएको हो ।

उक्त मलको बिल बिजक नभेटिएपछि नियन्त्रणमा रहेको युरीया मल  र पिकअप गाडी सहित आवश्यक राजश्व चुहावट नियन्त्रण कार्यालय बुटवल पठाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासीको सूचना अधिकारी माधव रेग्मीले बताए ।
नियन्त्रणमा लिएको सामानको बजार मुल्य अन्दाजी मुल्य  ७ लाख रुपैयाँ रहेको बताएको छ ।



सम्बन्धित
Loading...