नवलपुरः गिटी बालुवा चोर्ने १ दर्जन ट्याक्टर नियन्त्रणमा
नवलपुर । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले नदीजन्य वस्तु गिटी बालुवा चोरी गर्ने १२ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार वियनी त्रिवेणी गाउँपालिका १ विनयी खोलाबाट इलाका प्रहरी कार्यलय दुम्किबासले ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
बिनयी खोलाबाट मिस्कट लोड लु ४ त १९६० र नम्बर नखुलेको २ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यसैगरी कावासोती नगरपालिका ४ हसौराखोलाबाट मिस्कट लोड गर्दै गरेको अवस्थामा लु ४ त ९६९३ र नखुलेको सहित ५ वटा ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारवाही अगाडि बढाएको जनाएको छ ।
त्यसैगरी विनयी त्रिवेणी १ विनयी खोलाबाट ४ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिनयी खोलाबाट मिस्कट लोड गर्दै गरेको अवस्थामा लु ७ त ९१०, लु ३ त ६७२५, लु ४ त २७६३ र नम्बर नखुलेको गरी ४ वटा ट्याक्टर नियन्त्रणमा इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ ।



