धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
धनकुटा —
धनकुटामा बुधबार बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका १० का २४ वर्षीय पुरन राई रहेको प्रहरीले जनाएको छ ।
कोसी राजमार्गको धरान-धनकुटा सडक खण्ड अन्तर्गत धनकुटा ६ परिचयमोढ नजिक मे ६ प १७५६ नम्बरको मोटरसाइकल बिहान २ बजे दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते राईको बिहान २:३० बजे जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी चिरञ्जिवी दाहालले जानकारी दिए । मृतक राई धनकुटा ६ नासल चोकमा परिवारका साथमा भाडामा बस्दै आएका थिए ।