सुधार केन्द्रमा रहेका युवकको मृत्यु




बाँकेको नेपालगन्जस्थित  सभ्य पाइला सुधारकेन्द्रमा रहेका युवकको मृत्यु भएको छ ।

 

बाँकेका डीएसपी मधुसुधन न्यौपानेका अनुसार उपचारका लागि अस्पताल लैजाँदै गर्दा जानकी गाउँपालिका –२ चौधरीपुरका हिक्मत थापाको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 




सोमबारदेखि सुधार केन्द्रमा बस्दै आएका थापा एक्कासि बिरामी परेपछि बुधबार बिहान अस्पताल लगिएको थियो ।

 

परिवारले घटनाको वास्तविक छानबिन गरी दोषीउपर कारबाहीको माग गरेका छन् ।

 



सम्बन्धित
Loading...