कावासाेतीमा विपन्न ११ जना विद्यार्थीलाई पोशाक वितरण


 



कावासोती । पूर्वी नवलपरासीको कावासोती ९ मा रहेको वडा प्रवद्र्धन प्रतिष्ठानले आज कावासोती आधारभूत विद्यालयका  विपन्न ११ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ ।

 

कावासोती ९ मा रहेको कावासोती आधारभूत विद्यालयका ११ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको हो ।

 




विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपनारायण न्यौपानको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती ९ का वडाध्यक्ष रिभर श्रेष्ठ, पूर्व वडाध्यक्ष नेत्रप्रसाद खतिवडा, वडा प्रवद्र्धन प्रतिष्ठान अध्यक्ष टंकप्रसाद लुइटेल, सचिव बाबुराम केसी लगायतले बोलेका थिए ।

 

कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक ईश्वरी श्रेष्ठले गरेका थिए । सक्षम माझी, सन्तमाया कुमाल, हरिमाया कुमाल, हृदम क्षेत्री, मनोज सुनार माझी, अर्पण चौधरी, आरधाना सुनार, सुनिल सुनार, रणबहादुर विक, अञ्जली सुनार र सुनिल परियालाई पोशाक वितरण गरिएको प्रतिष्ठानका उपाध्यक्ष प. विष्णु प्रसाद पोख्रेलले बताए ।



सम्बन्धित
Loading...