काठमाण्डाैंका मेयर बालेनलाई जस्ताे सुकै सहयाेग गर्न प्रधानमन्त्री देउवा तयार




प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले भेट गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति देउवासँगको भेटवार्ताका लागि शाह बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री देउवाले साहलाई महानगरको मेयर भएकोमा बधाई दिएका थिए ।

 

त्यसक्रममा मेयर साहले महानगरको विकास निर्माणमा सहयोगका लागि पार्टी र सरकारका तर्फबाट देउवासँग सहयोग मागेका थिए ।

 




प्रधानमन्त्रीले महानगरले गर्ने काममा सरकार र काँग्रेसको साथ र सहयोग रहने बताएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

 

‘विकासको काममा सहयोग हुन्छ, महानगरको कार्यपालिकामा काँग्रेसको बहुमत छ, सबैको सहयोग हुन्छ,’ भेटमा देउवाको भनाइ उदृत गर्दै उनले भने ।

 

साहले काँग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए । साहले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि उनकै निवास बालकोट पुगेर भेटवार्ता गरेका थिए । निर्वाचित घोषणा हुन अघि उनी बालकोट पुगेका थिए ।



सम्बन्धित
Loading...