चोरमारामा देवचुली मार्टको दोस्रो शाखा सञ्चालनमा


 



चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु–७ चोरमारामा देवचुली मार्टको दोस्रो शाखा सञ्चालनमा आएको छ । मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले देवचुली मार्टको उद्घाटन गर्नु भएको हो ।

 

मध्यविन्दु–७ चोरमारामा सामुदायिक रेडियो दर्पण एफ.एम. रहेको भवनमा मार्ट सञ्चालनमा आएको हो । मार्टको उद्घाटन गर्दै नगर प्रमुख अधिकारीले मार्ट मार्फत यहाँका स्थानीयहरु लाभाम्वीत हुने विश्वास व्यक्त गर्नुभयो ।

 




उच्च, मध्यम र निम्न वर्गीय आय भएका सबै नागरिकहरुले एउटै छानो भित्र आवश्यकता अनुसारको सामाग्रीहरु खरिद गर्न पाउने अवस्था सृजना गर्न नगर प्रमुख अधिकारीले मार्ट सञ्चालकहरुलाई अनुरोध गर्नुभयो ।

 

मार्ट सञ्चालक व्यवसायि कृष्ण गौतमले देवचुली मार्टको दोस्रो शाखाको रुपमा चोरमारामा स्थापना भएको बताउदै आगामी दिनमा ग्राहकको आवश्यकतालाई ध्यानमा राखि अन्य स्थानहरुमा समेत मार्टको शाखा सञ्चालनमा ल्याउने बताउनुभयो ।

मार्टमा दैनिक उपभोग्य खाद्यन्न देखि पहिरनका सामाग्री, भान्सा देखि इलेक्ट्रोनिक्स सामाग्रीहरु बजार मुल्यमा पाईने मार्टका सञ्चालक गौतमले बताउनुभयो ।

मार्टको उद्घाटन समारोहमा मध्यविन्दु नगर उपप्रमुख पूर्णकला चौधरी, मध्यविन्दु–७ का पूर्व वडा अध्यक्ष अमृत प्रसाद ज्ञवाली, मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष केदार प्रसाद पराजुली लगायतको आतिथ्यता रहेको थियो ।

 

हाल देवचुली मार्ट सञ्चालनमा आएको स्थानमा यस अगाडी प्रवासी सपिङ सेन्टर सञ्चालनमा रहेको थियो । लामो समय देखि बन्द रहेको प्रवासी सपिङ सेन्टर खरिद गरी देवचुली मार्ट नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको हो ।



सम्बन्धित
Loading...