बालेनले जनमत अनुसार काम गरेनन् भने फालिन्छन्ः सूर्य थापा


काठमाडौं। नेकपा एमालेका नेता सूर्य थापाले बालेनले जनमत अनुसार काम गरेनन् भने फालिने बताएका छन्।



थापा नेताले भने, उहाँको बारेमा अहिले नकारात्मक कुरा गदिर्न तर कुरा के हो भने राजनीतिको मुल ट्रेन बालेन होईनन्, हर्क साम्पाङ होईनन्, गोपी हमाल होईनन्। यि चाही एक प्रतिशत अपवाद हुन।

अहिलेको निर्वाचनको परिणामको हिसाबले स्वतन्त्र ज–जसले जिते पनि राजधानीमा बालेनले जितेको राम्रो भएको अहिले बालेन आएपछि पत्रकारहरु नगरको लाईभ बैठकमा गएको उनको भनाई छ।




उनले भने– उहाँले वडा अध्यक्षहरुलाई साथ लिएर उपमेयरलाई साथ लिएर जनमत अनुसार काम गरेनन्, भने उहाँ फलिनु हुन्छ, उहाँले हो नि त नेतृत्व गर्ने त उहाँले हो नि वडा अध्यक्ष जुन प्रक्रियाबाट जितेर आउनु भा छ, वडा अध्यक्ष त्यही प्रक्रियाबाट जनताबाट प्रत्यक्ष निर्वाचित भएर आका छन्।

त्यो बालेनले मात्रै होईन देशभरीका ७ सय ५३ नै पालिकाको प्रमुखहरुले ध्यान दिने कुरा के हो भने आफनो टिमलाई कुशलता पूर्व संमयोजन गर्ने सञ्चालन गर्ने परिचालन गर्ने टिम स्प्रिट कायम गरेर रिजल्ट निकाल्ने कुरा हो।

थापाले भने, बालेन जि आउनु भाछ, बालेन जि चाही महोत्तरीको एउटा जमिन्दारी पुख्यौंलीबाट आएको मान्छे कलकारीता हुदै आउँनु भाछ उहाँ चाही छुट्टै गेटअपमा आउनु भाछ, छुट्टै उहाँले सपना दिनु भाछ कतिपय भाबुक कुरा पनि गर्नु भाछ ति कुरा परिक्षा हुन बाकी छन् हुन दिनुस्।

९९ प्रतिशत दलिय प्रतिनिधिले जितेको र एक प्रतिशत स्वतन्त्रहरुले जितेको यो कुनै ‘फन्डामेन्टल’ कुरा नभएको यो अपवाद भएको उनले बताए।

केशब स्थापीत पराजित भएको आफुहरुले स्वीकार गरेको र स्वतन्त्रले आफनो सिस्टमा जितेको यो समान्य भएको बालेनको कामलाई हेर्ने उनको भनाई छ।

नेताले भने, बालेन जि आउनु भयो उहाँ चाही एउटा मधेसको पुख्यौंली भएको मान्छे काठमाडौंको मेयर हुनु भो एउटा ‘इन्कुलुजन’का हिसाबले समाजिक हिसाबले काठमाडौं बासीले मत दिए उहाँलाई भन्दा बढी उपमेयरलाई दिए मतमात्रै पनि सबै होईन नि उहाँलाई भन्दा बढी काठमाडौंको छोरीलाई दिएका छन नि त उहाँले ६१ हजार पाउँनु भाछ, उहाँले ६८ हजार पाउनु भाछ त्यो पनि हेर्नुस्।

अब बालेनले यसो गर्छु त्यो गर्छु आकाशको तारा झाछु भनेर नहुने अब जनताले परिणाम हेर्ने यो कलकारीता जस्तो नभएको अब सबै काम कुराहरुमा परिक्षा हुने पाँच वर्ष बालेनलाई हेर्ने आतिनु पर्ने स्थिति नभएको बताएका छन्।

 



सम्बन्धित
Loading...