सुनिता डंगोलको उद्घोष -बालेनलाई पुर्ण रुपमा सहयोग गर्छु फोहोरी राजनिती गर्दिन


काठमाडौ। नेकपा एमालेका तर्फबाट उपमेयर पदमा उमेदवार बनेर भारी मतले निर्वाचित भएकी सुनिता डंगोलले नवनिर्वाचित मेयर बालेन शाहलाई आफ्नो पुर्ण रुपमा सहयोग रहने उद्घोष गरेकि छिन्।



आफुले फोहोरी राजनिती नगर्ने भन्दै डंगोलले उमेदवार रहँदा कोही पार्टीबाट कोही स्वतन्त्रबाट उमेदवार बनेको भए पनि निर्वाचित भए पछिको पद सबैको साझा रहने भन्दै उनले महानगरको विकास र समृद्धिका लागी मेयरलाई आफ्नो सदैव रचनात्मक सहयोग रहने बताएकी छिन्।

डंगोलले भेनकी छिनम एक शिक्षित युवा हुँ। म राजनीतिलाई फोहोरी बनाउने खेलमा कहिले पनि लाग्ने छैन। म एमालेको उम्मेदवारका रूपमा उपमेयर पदमा निर्वाचित भएको हुनाले महानगरपालिकामा दलको नेताको रूपमा मैले नेतृत्व गरिरहँदा हामीले विरोधका लागि विरोध कहिल्यै गर्ने छैनौं। काठमाडौंका विकास र समृद्धिका लागि हामी सधैँ रचनात्मक र सकारात्मक सहयोग सत्ता पक्षलाई गरिनै रहने छौं।




स्वतन्त्र रुपमा मेयरको उमेदवारी दिएर क्याम्पेनिङ गरिरहेका बेलामा एमाले अध्यक्ष केपी ओलीले बोलाएर उनका एजेण्डा पनि एमालेको घोषणा पत्रमा राख्ने प्रतिवद्धता व्यक्त गर्दै उपमेयरमा उमेदवारीका लागी कन्भिन्स गरेका थिए। एमाले अध्यक्ष ओलीको विश्वास प्रति उनले आभार व्यक्त गरेकि छिन्।

सक्षम युवालाई जिम्मेवारीमा ल्याउँने ओलीको चाहनाकै कारण आफुले उपमेयरको टिकट पाएको भन्दै डंगोलले अब पार्टीबाटै थप राजनिती गर्ने बताएका छिन्। पार्टीमा पनि उपयुक्त जिम्मेवारी पाउँने आशा आफुले राखेको उनले भनेकी छिन्। अबको राजनिती फरक सोच राखेर गर्नु पर्ने पनि उनले भनेकि छिन्।

यति धेरै भोट ल्याउँछु र यति ठूलो अन्तरालले जित्छु भन्ने पहिले सोच्नुभएको थियो? तपाईंले एमालेको त पूरै मत पाउनुभयो जुन मेयरले पाउनुभएन, अरु मत कति आयो जस्तो लाग्छ ? भन्ने प्रश्नमा उनले रोचक जवाफ दिएकी छिन्।

डंगोलले भनेकी छिन् मैले उम्मेदवारी दिइरहँदा काठमाडौं महानगरका मतदाताले मलाई धेरै माया गर्नुहुन्छ भन्ने विश्वास थियो तर मैले यति ठूलो अन्तरालले जित्छु भन्ने बारे भन्ने विचार गरेकी चाहिँ थिइन।

मैले पाएको मतलाई मैले केलाएर अहिले नै विश्लेषण गरिहालेको भने छैन। जे होस् काठमाडौंको मतदाताले मलाई धेरै माया गर्नुभएको छ भन्ने कुरा चाहिं मैले पाएको मतबाट पुष्टि भएको छ। उलने अगाडी भनेकि छन्।

 



सम्बन्धित
Loading...