पूर्व राजा वीरेन्द्रकाे सालिक राख्न खोज्दा तनावग्रस्त धम्बोझी चाेक; हवाई फायरसँगै अश्रु ग्यास प्रहार


 



नेपालगन्जस्थित धम्बोझीमा प्रहरीले दुई दर्जन बढी हवाई फायरसँगै अश्रु ग्यास प्रहार गरेको छ । राष्ट्रबादी युवाको समुहले धम्बोझी चोकमा पूर्व राजा वीरेन्द्रको सालिक राखेपछि भएको भएको झडपका क्रममा प्रहरीले हवाई फायर सँगै अश्रु ग्यास प्रहार गरेको हो ।

 

यूवाको समुहले पूर्व राजा वीरेन्द्र शाहको वंश नाश हुने गरि भएको दरवार हत्याकाण्डकै दिन नेपालगन्जस्थित धम्बोझी चोकमा राखेको वीरेन्द्रको सालिकलाई प्रहरीले धरपकड गरि झिकेर लगेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए । 




 

उनले सालिक राख्ने यूवाको समुहलाई प्रहरीले लाठी बर्साउनुका साथै हवाई फायर र अश्रु ग्यास प्रहार गरि तितरवितर बनाएको बताए । ‘प्रहरीले यूवामाथि लाठी बर्साएको छ । हवाई फायर र अश्रु ग्यास प्रहार गरेर अमानवीय व्यवहार गरेको छ,’ उनले भने ।

 

बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेलाई सम्पर्क गर्दा उनले दंगा भइहेकोले थप कुरा गर्ने अवस्थामा नरहेको जानकारी दिए । अहिले धम्बोझी क्षेत्र तनावग्रस्त बनेको छ । वीरेन्द्रको शालिक राख्ने समुह र प्रहरीबीच  झडप जारी रहेको उनले बताए । 

 

 

यसअघि नेपालगन्जको त्रिभुवन चोकमा पनि सोही समुहले पूर्व राजा त्रिभुवनको सालिक राखेको थियो । प्रहरी र प्रशासनले उक्त सालिक हटाउने प्रयास गरे पनि सर्वसाधारणले चर्को विरोध गरेपछि पछाडी हटेको थियो ।धम्बोझी चोकलाई अहिले प्रहरीले कब्जामा लिएर आवतजावत समेत गर्न दिएको छैन ।

 



सम्बन्धित
Loading...