नवलपुरमा चर्को आवाजमा माईकिङ् गरे र हर्न बजाए जफत गरिने


 



चर्को आवाजमा माईकिङ् गरे र हर्न बजाए प्रहरीले यसलाई नियन्त्रणमा लिने भएको छ । ठूलो आवाजमा माईकिङ गरी ध्वनी प्रदुषण गर्ने हर्न तथा माईक नियन्त्रणमा लिईने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता सन्तोष पाठकले जानकारी दिनुभयो ।

 

साना व्यवसायीले व्यावसायिक प्रयोजनका लागि फलफुल, मकै, तरकारी, सिरक डसना, जुत्ता चप्पल, भाडाकुडा लगायतका सामग्री बिक्रिका लागि गाउँघरमा चर्को आवाजमा माईकिङ गर्ने गरेका छन् ।

 




उनीहरुले साना चारपाङ्ग्रे गाडी, अटो, ठेला तथा साईकलमा माइकिङ गरी सामाग्री बिक्रि वितरण गर्ने गरेका हुन् । प्रवक्ता पाठकले भन्नुभयो, “ध्वनी प्रदुषण गरेमा त्यस्ता सामग्री नियन्त्रणमा लिन्छौ ।”

 

प्रहरीले नवलपुरको कावासोती क्षेत्रबाट मात्रै एकहप्ताभित्र १ हजार ५ सय ९० वटा हर्न नियन्त्रणमा लिएको छ । कावासोती फलफुलचोकमा गरिएको चेकिङमा मात्रै ९ सय ७५ वटा सवारी साधनबाट १ हजार ५ सय ९० वटा हर्न नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको सहर्कायमा प्रेसर हर्न जफत गरिएको हो । सवारी साधनमा प्रेसर हर्न राख्ने, गीतको ध्वनी राख्ने, एक भन्दा बढी हर्न राख्नेलाई कारवाही स्वरुप हर्न नियन्त्रणमा लिएको हो ।

 



सम्बन्धित
Loading...