औषधि किन्‍न निस्किएका साहको शव इनारभित्र भेटेपछि


 

 



 

सिरहाको गोलबजार नगरपालिका-२ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव बिहीबार बिहान इनारभित्र  भेटिएको छ ।

 




श्रीमतीलाई औषधि लिन जाने क्रममा हिजो साँझबाट हराएका ४८ वर्षीय साहको शव आज बिहान गाउँ नजिकैको इनारभित्र फेला परेको हो ।

‘औषधि लिएर तुरुन्तै फर्किहाल्छु’ भन्दै साइकलमा गएका उनी राति अबेरसम्म पनि नफर्किएपछि खोजतलाश गर्ने क्रममा बिहान गाउँ नजिकैको इनारभित्र साईकलसहित उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

 

शव इनारभित्रबाट बाहिर निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।

 

उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । मृतकका परिवारजनले हत्या गरी इनारमा फालिएको दाबी गर्दै दोषीमाथि कार्बाहीको माग गरेका छन् ।

 



सम्बन्धित
Loading...