नवलपुरमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि दुई घाइते




पूर्वी नवलपरासीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि दुई जना घाईते भएका छन् ।

 

नवलपुर प्रहरी चौकी तम्सरियाका अनुसार दुर्घटनामा परि घाईते हुनेमा ७८ वर्षिय नमकान्त खनाल रहेका छन् ।

 




प्रहरीका अनुसार हिजो मध्यविन्दु नगरपालिका वडा नं. ७ अमृसा स्थित भित्रि सडकखण्डमा चोरमाराबाट अमृसा तर्फ जादै गरको ना ४३ प ३१०६ नं. कोे मोटरसाईकलले बाटोमा हिड्दै गरेको पैदलयात्रीलाई ठक्कर दिदा घाईते भएका हुन् ।

 

घाईतेको बाया खुट्टा र हातमा चोट आएको र अवस्था मध्यम रहेको र उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा पठाईएको प्रहरीले बताएको छ ।

 

मोटरसाईकल र मोटरसाइकल चालक दुवै प्रहरी हिरासतमा रहेको र घाटनाको बारेमा थप अनुसान्धान भईरहेको छ ।

 

त्यस्तै मोटरसाईकलले ठक्कर दिदा ११ वर्षिय बालिका घाईते भएकि हुन् ।

 

नवलपुर प्रहरीका अनुसार मध्यबिन्दु नगरपालिका वडा नं. ७ कालिका टोल स्थित भित्रिसडकखण्डमा चोरमाराबाट कालिका टोल तर्फ जादै गरकोे लु ५४ ७१० नं.को मोटरसाइकलले ठक्कर दिदा बालिका घाईते भएकी हुन् ।

 

घाईते हुनेमा स्थानिय ईश्वरी पाण्डेकी ११ वर्षिय छोरी क्रिष्टल पाण्डे घाईते भएकी हुन् ।

 

उनको टाउको तथा दुबै खुट्टामा चोट आएको छ । प्रहरीका अनुसार घाईतेलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा पठाइएको रसामान्य उपचार पछि डिस्चार्ज गरिएको छ ।

 

मोटरसाईकल र मोटरसाईकल चालक दुवै प्रहुरीको कब्जामा रहेको प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...