नवलपुरमा माेटरसाइकल दुर्घटनामा परी २ जना घाइते




नवलपुर । पूर्वी नवलपरासीको देवचुलीमा मोटरसाईकल दुर्घटनामा परी २ जना घाइते भएका छन् ।

 

देवचुली नगरपालिका वडा नं.४, झांक्रे स्थित भित्रि सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा. प्र. ०३–००२प ४९३८ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जादै गरेको ना ४५ प ७१२ नं को मोटरसाइकललाई ठक्कर दिदाँ दुर्घटना भएको हो ।

 




दुर्घटनामा परी दूबै मोटरसाइकलका चालक ऐ. नगरपालिका बस्ने २७ वर्षीय जिवन सोतीको अनुहारमा र गम्भिर घाइते भएका २७ वर्षीय होम बहादुर कुँवरको टाउकोमा चोट लागेको छ ।

घाइते दुबै जनालाई पुरानो मेडिकल कलेज भरतपुर इलाका प्रहरी कार्यलय रजहर नवलपुरले बताएको छ ।

 

दुबै सवारी साधन रजहर कार्यलयको नियन्त्रणमा र घाइतेहरुको अस्पतालमा उपचार भइ रहेको प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...