नवलपुरमा ५३ बाेरा अवैध मल बरामद


 



 

नवलपुर । पूर्वी नवलपरासीको पूर्वपश्चिम राजमार्गमा पर्ने देवचुली नगरपालिकामा अवैध मल बरामद भएको छ ।

 




पश्चिमबाट पूर्वतर्फ आउदैँ गरेको ना ७ ख ५७५७ नं. को बसलाई ऐ. नगरपालिका वडा नं. १६ स्थित ईलाका प्रहरी कार्यलय रहरबाट खटिएका प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त बसमा कुनैपनि कागजपत्र नभएको प्रति बोरा ४५ किलोका दरले ५३ बोरा युरीया मल गरेको प्रहरीले बताएको छ ।

 

उक्त बसलाई आवश्यक छानविन प्रक्रिया पुरा गरी गन्तव्य तर्फ छाडिएको र बरामद मल भने प्रहरी कार्यलयमानै ल्याई राखेको र अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...