बालेन र सुनिता संगसंगै नुवाकोट आए, नागरिकसंग के भने ?


काठमाडौं जेठ २० ।



काठमाडौं महानगर क्षेत्रमा केही समयदेखि फोहोर उठ्न सकेको छैन । महानगरपालिकाले फोहोरको व्यवस्थापन गर्न नसकेको आक्रोश चुलिँदै गएसँगै महानगरको नयाँ नेतृत्व यसै विषयमा बढी केन्द्रित भएको छ ।

फोहोर व्यवस्थापनका विषयमा छलफल गर्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोल सिसडोल पुगेका छन् । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको भेटघाटपछि स्थानीयका समस्या र पूर्वाधार विकासबारे अध्ययन गर्न उनीहरु सिसडोल गएका हुन् ।




यसअघि पनि प्रमुख साह चुनाव जितेलगत्तै सिसडोल पुगेका थिए । त्यसबखत साहले फोहोरको दिगो व्यवस्थापनमा सरकारी पहल र प्रयास अत्यन्तै जोखिमपूर्ण र बेवास्ता गरिएको बताएका थिए ।

बालेन र सुनितालाई बधाई दिँदै मन्त्री झाँक्री, शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरको फोहोर व्यवस्थापन कार्यमा आफ्नो पूर्ण सहयोग रहने बताएकी छिन् । बुधबार काठमाडौं महानगरपालिकाका नवनियुक्त प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोललाई मन्त्रालयमा बधाई ज्ञापन गर्दै मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न सधैं तयार रहेको समेत बताइन्।

“तत्काललाई काठमाडौंको फोहोर व्यवस्थापन बञ्चरेडाँडामा पुरानै किसिमले गरेपनि यसको वैज्ञानिक व्यवस्थापन जरुरी छ । महानगरसँग मन्त्रालय सधैं सँगसँगै मिलेर काम गर्न तयार छ ।”, उनले भनिन् । उनले काठमाडौं महानगरपालिकाभित्र युटिलिटी करिडोर निर्माणको काम समेत मन्त्रालयले गर्न लागेकाले सहकार्य जरुरी रहेको बताइन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर विसर्जनका लागि मन्त्रालयसँग सहयोग गर्नुपर्ने भन्दै यस विषयमा मन्त्रालयले गरेका प्रतिबद्धता शतप्रतिशत कार्यान्वयन गर्न अनुरोध गरे । यस्तै उनले काठमाडौंको फोहोर बञ्चरेडाँडामा तत्काल कसरी फोहोर विसर्जन भन्ने विषयमा स्थानीयबासीलाई सहमत गर्न सकिन्छ भन्ने विषयमा पनि सहजीकरण गरिदिन समेत आग्रह गरे ।

कार्यक्रममा बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका आयोजना प्रमुख रवीन्द्र बोहराले बञ्चरेडाँडामा तत्काल फोहोर व्यवस्थापन गर्न सकिने गरी काम सम्पन्न भइसकेको जानकारी दिए ।

 



सम्बन्धित
Loading...