पसल जान्छु भनेर घरबाट निस्किएकी युवती बेपत्ता

पूर्वी नवलपरासीको कावासोतीबाट एक युवती साढे २ वर्षदेखि बेपत्ता भएकी छिन् । कावासोती ८ इन्द्रचोक बस्ने २६ वर्षिय अनिसा पौडेल हराएकी हुन् ।
उनका पारिवारिक स्रोतका अनुसार ती युवती २०७६ साल मङ्सिर २८ गतेदेखि हराएकी हुन् ।
आफ्नै घरबाट ५ सय मिटर टाढा पसल जान्छु भनेर निस्किएकी उनी पसलबाट त फर्किएको तर घर नपुगेको उनको आफन्तले बताएका छन् ।
ती युवती हराएकै दिन जिल्ला प्रहरी कार्यालय नवलपुरमा रिपोर्ट लेखाएको तर यतिका वर्ष बितिसक्दा पनि केही पत्ता नलागेको उनको आफन्तले भनेका छन् ।
उनको परिवारले बेपत्ता युवतीको खोजिका लागि प्रहरी, पत्रकार मानव अधिकारकर्मी लगायतलाई खोजिका लागि अपिल गरेका छन् ।
देख्नुहुने, अथवा संकास्पद लागेमा उल्लेखित फोन नं, नजिकको प्रहरी चौकी या यसै पेजमा सम्पर्क गर्नुहुन अनुरोध छ । सुचनाको लागि स् ९८५५०८३२०० ९भिनाजु ० ९८४०२८४९९७ ९बाबा० , ९८५१०३९९६४, ९भिनाजु० ९८५७०८७९९६ ९भाई०
नाम (अनिशा पौडेल, बोलाउने नाम ( तारा
उमेर ( २६ बर्ष
ठेगाना ( इन्द्रचोक , कावासोती, नवलपुर
बर्ण ( रातो, उचाइ ५ फिट अन्दाजि ९मोटी मोटी डल्ली डल्ली देखिने०
हराउँदाको हुलिया ( कालो लंग जाकेट, कालो ट्राउजर,
हराएको मिति २०७६र०८र२८, शाँझ ५ स्३० बजे
हराएको स्थान ( आफ्नै घर बाट ५०० मि टाढाको पसल जान्छु भनेर गएपछि पसल पुगेर फर्किएको तर घर नपुगेको