नवलपुरः टिप्पर पल्टदा चालक घाइते

नवलपुर । पूर्वी नवलपरासीमा टिप्पर अनियन्त्रित भई पल्टन जाँदा चालक घाइते भएका छन् ।
पूर्वी नवलपरासीको मध्यविन्दु ११ भोटे खोला भित्री सडक खण्डमा ना ६ ख ८६५५ नम्बरको टिप्पर आफैँ अनियन्त्रित भई पल्टन जाँदा टिप्पर चालक विनयी त्रिवेणी गाउँपालिका २ बस्ने बर्ष ४५ को टिका राहु मगर घाइते भएका हुन् ।
उनको एलाइभ भरतपुरमा उपचारका लागि पठाइएको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी पूर्वी नलपरासीमा मोटरसाईकल दुर्घटना हुदा एक गम्भिर घाईते भएका छन् ।
नवलपुर प्रहरीका अनुसार मध्यविन्दु नगरपालिका वडा नं. ७ स्थित भित्रि सडक खण्डमा अम्रसाबाट चोरमारा तर्फ आउदै गरको लु ८५ प १५०२ नं.को मोटरसाईकल आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाईकल चालक बझाङ्ग जिल्ला धमिना गाउपालिका वडा नंं. ४ बस्ने ३४ वर्षिय देवेन्द्र रोकाया घाईते भएका हुन् ।