काठमाडौंबाट जाँदै गरेको ट्रकको ठक्करबाट मानिसको मृत्यु, राजमार्ग अवरुद्ध


२१ जेठ, काठमाडौं ।



पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिकामा ट्रकले ठक्कर दिँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटना गराउने ट्रक चालक प्रहरीले भगाएको भन्दै स्थानीय वासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् ।

शनिबार मध्यान्ह पौने १२ बजे काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको ना ६ ख १२७२ नम्बरको ट्रकले गल्छीबाट सिम्ले आउँदै गरेको वाग्मती प्रदेश ०३-००१ ह १८१७ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा अटो चालक धादिङकै निलकण्ठ नगरपालिका-५ का कमलबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।




दुर्घटनाबाट गम्भीर घाइते श्रेष्ठलाई अस्पताल नलगी स्थानीय प्रहरी बिटले दुर्घटना गराउने ट्रकलाई गजुरी प्रहरी वृत्तमा पुर्‍याएको पीडित पक्षको आरोप छ ।

दुर्घटना गराउने चालक र चालक भगाउने प्रहरीलाई कारबाही सुनिश्चित नभएसम्म अवरोध कायमै रहने भन्दै स्थानीय अहिले प्रदर्शन गरिरहेका छन् । उनीहरूले मृतकको शव समेत उठाएका छैनन् ।

भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु, भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शनिबार अपराह्न साढे ४ बजे मध्यपुर ठिमी नगरपालिका-१ मनहरा सुकुम्बासी टोलमा बस्ने ५२ वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार उनको आफ्नै एक तले घरमा ढलान गर्ने काम भइरहेको थियो। ढलानको तार मिलाउने क्रममा ४ बजे अचानक करेन्ट लागेर उनी घाइते भएका थिए।

घाइते भएपछि उपचारको लागि उनलाई समिट अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा साढे ४ बजे मृत्यु भएको पाण्डेले बताए। घटनाको प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

 



सम्बन्धित
Loading...