मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते


 



 बाँकेको कोहलपुर नगरपालिका चप्परगौडीमा दुई ओटा मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ।

 

साेही दुर्घटना दुई जना घाइते भएका हुन्। चप्परगौडीबाट कोहलपुरतर्फ जाँदै गरेको र विपरीत दिशाबाट आँउदै गरेकोे मोटरसाइकल एक-आपसमा ठोक्किंएका थिए।

 




दुर्घटनामा गम्भिर घाइते कोहलपुर नगरपालिका बाँकेका २९ वर्षीय खड्क गुरुङको उपचारका क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ ।

 

सोही मोटरसाइकल पछाडि सवार कोहलपुरका राम बहादुर घले र अर्का मोटरसाइकल चालक सुर्खेतको लेकबेसी नगरपालपालिकाका ३८ वर्षीय दल बहादुर सारु घाइते छन्।

 

उनीहरूको उपचार नेपालगञ्ज मेडिकल कलेजमा भइरहेको कोहलपुर प्रहरीले जनाएकाे छ ।

 



सम्बन्धित
Loading...