परासीमा गाेली चल्याे



परासी | पश्चिम नवलपरासीको रामग्राम ५ अदालत मार्गमा गोली चलेको छ ।



सरावल गाउंपालिका ४ का हर्षराम यादबले आफ्नी काकी रोशनी यादबलाई लक्षित गरेर गोलि प्रहार गरेको प्रहरीले जनाएको छ ।

पेस्तोलबाट दुई गोलि प्रहार भएपनि मानवीय क्षती भने भएको छैन् ।




सोमबार जिल्ला अदालत परासीमा अशं मुद्दाको मिलापत्र जानेक्रममा जिल्ला अदालत नजिकै हर्षरामले रोशनी यादबलाई लक्षित गरेर गोलि चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

गोलि प्रहार गर्ने यादब फरार रहेको र खोजिकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी प्रेम बहादुर शाहीले बताए ।

जिल्ला अदालत अगाडी दिउसोको समयमा नै गोलि प्रहार भएपछि स्थानीय त्रसीत भएका छन् ।

 



सम्बन्धित
Loading...