१६ वर्षीया किशोरीलाई जन्मदिन भनेर भेट्न बोलाएर जङ्गलमा सामूहिक बलाlत्कार‚ ७ जना पक्राउ
नेपालगन्ज — बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलाlत्कार भएको छ । फेसबुकमा एक वर्षदेखि चिनजान भएका बैजनाथ गाउँपालिका ८ का १७ वर्षीय हेमराज थारुले आफ्नो जन्मदिन मनाउनका लागि भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराजलगायत ७ जनाले बलाlत्कार गरेको बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले बताए ।
प्रहरीका अनुसार शनिबार राति र आइतबार छुट्टाछुट्टै स्थानमा किशोरीमाथि बलाlत्कार भएको उनले बताए । किशोरीलाई सुरुमा मानखोलाको जंगलमा ५ जना युवाले र पछि बैजनाथस्थित टहरामा लगेर दुई जना युवाले बलाlत्कार गरेको प्रहरीले जनाएको छ ।
‘आइतबार साँझ एउटै बाइकमा किशोरीलाई घर पुर्याउन जाँदा तीन जना सवार भएकाले प्रहरीले खजुरामा चेकजाँच गर्दा किशोरीको अवस्था देखेपछि घटना पत्ता लाग्यो ।’ बाँकेका डीएसपी न्यौपानेले भने, ‘अचेत अवस्थामा रहेकी किशोरीको अवस्था अहिले ठिक भए पनि उनलाई संस्थाको संरक्षणमा राखिएको छ ।’
प्रहरीले अभियुक्तहरू हेमराज थारु, निराजन थारु, विक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ । उनीहरूलाई खजुरास्थित धनौली प्रहरी चौकीमा राखिएको छ ।
याे पनि पढ्नुहाेस्
काठमाडौं, २३ जेठ । नेकपा एकीकृत समाजवादी पार्टी मन्त्री पदकै लागि फुट्ने सम्भावना बढेको छ । एसले आइतबार बैठक गरी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेपछि उत्पन्न विवादले नयाँ मोड लिएको छ । ६–६ महिना बन्ने सहमति अनुसार फिर्ता बोलाएको माधव नेपालले प्रतिक्रिया दिएपनि बहालवाला मन्त्रीहरु मान्नेवाला छैनन् । उनीहरु बजेटको बेलामा आफूहरुलाई जानकारी सम्म नदिई हटाएकोमा विद्रोहको चेतावनी दिइरहेका छन् ।
श्रममन्त्री किसान श्रेष्ठले घुमाउरो तरिकाले पार्टी विभाजनको धम्की दिइसकेका छन् । उनले आफूहरुसँग १८ सांसद रहेको दाबी गरेका छन् । श्रेष्ठ अन्तिम समयमा नेकपा एमाले छाडेर माधव नेपालको साथमा पुगेका थिए । उनीसहित प्रेमबहादुर आले, धनबहादुर बुढा पनि एसको पक्षमा लागेका थिए । उनीहरु सबै एकढिक्का भएका छन् ।
मन्त्रीबाट फिर्ता बोलाइएका र नयाँ मन्त्रीका लागि सिफारिश गरिएकाहरुको अलग समूह बनिसकेको छ । माधव नेपाल र झलनाथ खनाललाई आले र श्रेष्ठलगायतका नेता तथा सांसदले चुनौती दिइरहेका छन् । विरोध खतिवडा पनि यही समूहमा छन् । एमालेभित्र विगतमा केपी शर्मा ओलीले एकल तरिकाले निर्णय गर्थे ।
यसपटक माधव नेपालले त्यस्तै गरे । उनी पनि ओलीपथमा लागेको टिप्पणी एसभित्र हुन थालेको छ । एमाले महासचिव वेदुराम भुसालले मन्त्री नपाएकै आधारमा कोही पार्टी छाड्न खोज्छ भने नरोक्ने टिप्पणी गरेका छन् । उनले मन्त्रीका लागि पार्टी नै छाड्छु भन्नेहरुबाट नचल्ने समेत बताए । यसकारण पनि एसभित्र निकै ठूलो विद्रोहको अवस्था बनेको स्पष्ट हुन्छ ।