सांसद महतलाई नवलपुरको कावासोतिमा नागरिक अभिनन्दन


कावासाेती । नवलपुर क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद तिलक महतलाई नागरिकस्तरबाट अभिनन्दन गरिएको छ । कावासाेती-३ मा रहेकाे पुष्पाञ्जी महिला समूहकाे अगुवाईमा स्थानीय जनताकाे तर्फबाट विकास निर्माणमा सांसद महतले पुर्याएकाे याेगदानकाे उच्च कदर गर्दै सम्मान गरिएकाे हाे । त्यस्तै सांसद महतले पनि सामाजिक विकासमा जनस्तरबाट याेगदान पुर्याउने विभिन्न ब्यक्तित्वहरूलाई सम्मान गर्नुभएको छ। साे अवसरमा मन्तब्य राख्दै नेकपाका केन्द्रिय सदस्यसमेत रहनुभएका सांसद महतले कावासाेतीमा देशकै नमूना सदरमुकाम शिलान्यास भएकाे, मध्यबिन्दुलाई सरकारी अस्पतालमा रूपान्तरण गरिएकाे लगाएतका बर्ष दिनमा प्रमुख १२ वटा मुख्य काम जनताकाे अपार मायाँकै कारण गर्न संभव भएकाे उल्लेख गर्नूभयाे । सांसद महतले सहिद पत्नी कमला पन्त, समयमै गुणस्तरिय याेजना सम्पन्न गर्ने पुरानाे कावासाेती बाटाे निर्माण उपभोक्ता समितिका अध्यक्ष टेक बहादुर श्रेष्ठ, समाजसेवी डाेरमान गिरी र नर बहादुर खड्कालाई दाेसल्ला अाेडाएर सम्मान गर्नुभएकाे थियाे । त्यस्तैगरि जीवनभर जनताकाे सेवामा समर्पित तुलाराम बिक, जेष्ठ नागरिक रूक्मागत भण्डारी, बिबा बिक र श्रृजनशिल महिला अर्गानिक कृषक समूहकि अध्यक्ष गंगा चुहानलाई पनि सम्मान गरिएकाे थियाे । अन्य सम्मानितहुनेहरूमा तुलसीराम अर्याल,याेग प्रशिक्षक मायाँ महताे,जीतकुमार श्रेष्ठ र दुर्गा बिक रहेका थिए । पुष्पाञ्जली समूहकि अध्यक्ष चन्द्रकला वाग्लेकाे सभापतित्वमा सम्पन्न कार्यक्रम निर्मला पाैडेलले संचालन गर्नुभएकाे थियाे ।



सम्बन्धित
Loading...