प्रेमिकासँग झगडापछि संग्रहालयमा गए युवक : फुटाइदिए ६३ करोड मूल्य पर्ने पुराना कलाकृति




२१ वर्षका एक व्यक्तिले डल्लास म्युजियम अफ आर्टका ५ मिलियन डलर बढी मूल्य पर्ने पुरानो कलाकृति नष्ट गरिदिएका छन् । उनी प्रेमिकासँग झगडा गरेर उक्त संग्रहालय गएको बताइन्छ । घटना अमेरिकाको डलास शहरको गत बुधबारको हो ।

 




 

करिब २५०० वर्ष पुराना कलाकृतिलाई तोडिदिए

 

प्रेमिकासँग रिसाएका ब्रायन हर्नान्डेजले संग्रहालयमा राखिएका तीन प्राचिन ग्रिक कलाकृति तोडिदिए । करिब २५०० वर्ष पुराना यी कलाकृति ६३ करोड रुपैयाँभन्दा बढीको बताइएको छ ।

 

संग्रहालयको ढोका फोडेर भित्र छिरे डेली मेलको खबर अनुसार यो घटना अघिल्लो बुधबारको हो । ब्रायन प्रेमिकासँग झगडा गरेर स्थानीय समय अनुसार राती ९ः४० मा संग्रहालय छिरेका थिए । उनले सुरुमा बन्द भएको संग्रहालयको ढोका फलामको कुर्सीले फुटाए अनि  भित्र छिरे ।

 

 

प्रहरीलाई आफैँले फोन गरेर बोलाए

 

रिस शान्त भएपछि आफूले निकै ठूलो गल्ती गरेको ब्रायनलाई थाहा भयो । त्यसैले उनले प्रहरीलाई संग्रहालय भित्रैबाट आफैंले फोन गरेर प्रेमिकासँग झगडा गरेपछि आफूले संग्रहालयको कलाकृति तोडेको जानकारी दिए ।

 

त्यसपछि हर्नान्डेजलाई पक्राउ गरिएको छ र उनले आफ्नो अपराध कबुल गरेको प्रहरीले जानकारी दिएको छ ।

 

 

सिसिटिभी फुटेजमा देखिए अनुसार हर्नान्डेजले डिस्प्लेमा राखिएका दुईवटा केस र थुप्रै प्राचिन कलाकृतिलाई स्टुलले फुटाइदिए । तीमध्ये एक जोडी भाँडो (पट) को मूल्य ५ मिलियन डलर पर्छ ।

 

त्यसपछि उनले १० हजार डलर पर्ने सेरामिक कलाकृतिलाई भुइँमा बेस्सरी बजारिदिए, त्यसपछि यो टुक्राटुक्रा भयो । त्यसपछि उनले १ लाख अमेरिकी डलर पर्ने प्राचिन ग्रिक कप फुटाइदिए ।

 

 



सम्बन्धित
Loading...