चट्याङ लागेर दुई जनाको मृत्यु


 



गुल्मी र मकवानपुरमा चट्याङ् लागेर दुई जनाको मृ’त्यु भएको छ ।

 

गुल्मीको इश्मा गाउँपालिका–५ बजाउने डाँडा बस्ने ४० वर्षीया तारा सार्कीको चट्याङ लागेर सोमबार साँझ मृ’त्यु भएको हो ।

 




आफ्नै बारीमा काम गरिरहेको अवस्थामा अचानक चट्याङ लागेर वेहोस भएकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

 

यस्तै, मकवानपुरको मनहरी गाउँपालिका–६ हिलेदमार बस्ने ३७ वर्षीया जमुना मायाँ मोक्तानको चट्याङ लागेर  मृ’त्यु भएको छ ।

सोमबार साँझ साढे ६ बजेको समयमा वर्षासँगै आएको चट्याङ लागेर मोक्तानको घटनास्थलमै मृत्यु भएको हो ।

उनको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको जनाइएको छ ।



सम्बन्धित
Loading...