माइक्रो बस दुर्घटना हुदा १ जनाको मृत्यु, १० जना घाइते




सप्तरीमा माइक्रो बस दुर्घटना हुदा एक बृद्धाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

 

आज बिहान राजविराज–रुपनी सडक खण्ड अन्तर्गत रुपनी गाउँपलिका–५ स्थित बसबिट्टी भन्ने ठाउँमा दुर्घटना हुदा  रुपनी गाउँपालिका–१ रायपुर बस्ने ६५ बर्षीया तारावती देवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

 




दुर्घटनामा गम्भीर घाइते भएकी तारावतीलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । तर केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

 

सिरहाको लहानबाट राजविराजतर्फ आउँदै गरेको प्रदेश ०३–००१ ज ०२७७ नम्बरको माइक्रो बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । घाइतेहरुको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...