बैंकिङ कसुर मुद्दामा फरार २ महिला पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार दुईजना महिलालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको धरान घर भएकी ४२ वर्षीया कविता सुब्बा र सिन्धुपाल्चोक घर भएकी ३९ वर्षीया लिना श्रेष्ठ गिरी छन् ।
बैंकिङ्ग कसुर मुद्दामा उच्च अदालत पाटनले कविता सुब्बालाई १५ दिन कैद र ५० लाख जरिवाना हुने फैसला गरेको छ । लिना श्रेष्ठलाई १५ दिन कैद र ५४ लाख जरिवाना हुने फैसला गरेको छ ।
फरार प्रतिवादीहरुलाई मंगलबार पक्राउ गरेर जिल्ला अदालतमा उपस्थित गराइएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) श्याम कुमार महतोले रातोपाटीलाई बताए ।