बालेन साहको कामलाई असफल बनाउन खोज्ने १४ जना समातिए


काठमाडौं २४ जेठ ।



काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने काममा बञ्चरडाँडाका स्थानीयवासीले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सोमबार भएको सहमति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा पुगेका फोहोरका गाडीहरुलाई स्थानयीले काठमाडौं र स्थानीय जनप्रतिनिधिसँग भएको सहमति नमान्ने भन्दै अवरोध गरेपछि प्रहरी परिचालन गरिएको हो ।




प्राप्त जानकारी अनुसार अवरोध गर्ने १४ जनालाई समातिएको छ ।

बञ्चरडाँडामा फोहोर व्यवस्थापन गर्न शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो ।

सहमति अनुसार पनि स्थानीयत अवरोध गरेपछि मेयर बालेन साहले प्रहरी परिचालनमा सहमति जनाएको पनि बुझिएको छ । आज मंगलबार मेयर साहले एक अपिल जारी गर्दै सबै महानरवासीलाई कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याइ दिन आग्रह गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 



सम्बन्धित
Loading...