कावासोतीमा १० दिने नेतृत्व विकास तथा ७ दिने कुशन गुडिया तालिम शूरु
बैशाख १६, कावासोती ।
नवलपुरको कावासोती नगरपालिका ४ हसौरामा १० दिने उद्घोषण तथा नेतृत्व विकास र ७ दिने कुश गुडिया निर्माण तालिम सोमबारबाट शुरु भएको छ । वडा नं. ४ का लक्षित समूह अन्र्तगत रहेका महिला, आदिवासी जनजातिका ५० जनालाई १० दिने नेतृत्व विकास तथा उद्घोषण र दलित समुदायका २० जनालाई कुशन, गुडिया तालिम शुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले नेतृत्व विकासबाट महिलाहरुलाई सक्षम बनाई आफ्ना कुरा निर्धक्ताका साथ राख्न सक्ने बनाउन सके समाजमा महिला सहभागिता बढ्न सक्ने बताए ।
तालिम उद्घाटन कार्यक्रममा कावासोती नगरपालिका वडा नं. ४ का अध्यक्ष रमाकान्त चापागाइले कुशन गुडिया बनाउने तालिम प्रदान गरी स्वरोजगार बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको बताए ।
कार्यक्रममा पूर्व वडा अध्यक्ष महेष पाण्डे, विभिन्न सामुदायिक वन, आमा समूहका अध्यक्ष, खानेपानी संघ संस्थाका अध्यक्ष लगायतले शुभकामना व्यक्त गरेका थिए ।
नेतृत्व तथा क्षमता अभिवृद्धि तथा उद्घोषण तालिममा रेडियो सामथ्र्यका प्रवन्ध निर्देशक सागर पोख्रेल, समचार शाखा प्रमुख विजय चालिसेले प्रशिक्षण प्रदान गरेका छन् । कार्यक्रम महिला, बालवालिका, जनजाति तथा दलित समूहकी अध्यक्ष कलादेवी बसेलको अध्यक्षतामा भएको थियो ।