जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु, पाँच बिरामी




जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु, पाँच बिरामी

 

भोजपुर / जंगली च्याउ खाँदा भोजपुरमा एक बालिकाको मृत्यु भएको छ भने एकै परिवारका पाँचजना बिरामी भएका छन् ।




जंगली च्याउ खाँदा हतुवागढी– ३ का आशकुमार राईकी पाँच वर्षीया छोरी कृति राईको मृत्यु भएको हो ।

आशकुमारसँगै उनकी श्रीमती धनकुमारी र छोरीहरु योगिता, सुमित्रा र सृष्टिको बिरामी भएका छन् ।

उनीहरुको स्वस्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

उनीहरुले २१ गते बिहान र साँझ जंगली च्याउको तरकारी खाएका थिए ।



सम्बन्धित
Loading...